२०८० फाल्गुन १५ गते मङ्गलवार

रुकुम पश्चिममा पहिरोमा परेर दुई जनाको मृत्यु

रुकुम पश्चिम, १४ साउन । रुकुम पश्चिममा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । बाँफीकोट गाउँपालिका–७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको हो । घाँस काट्न जाने क्रममा पहिरोमा परी स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकाली बहादुर खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँ नजिकै पोखरपारी भीरमा घाँस काट्न गएका उनीहरूको पहिरोले च्यापिएर आइतबार अपराह्न ४ बजेतिर मृत्यु भएको हो ।

उनीहरूसँगै रहेकी ४२ वर्षीया बल कुमारी खत्री भने घाइते भएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घाइते खत्रीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस