
सल्यान, १४ साउन । सल्यानमा व्यावसायिक रुपमा पालिएका माछा पोखरीबाट नै चोरी भएका छन् । शारदा नगरपालिका १५ सिमतरामा बरलाका डम्बरसिंह तिरुवाले पालेका माछा पोखरीबाट नै चोरी भएका हुन् । तिरुवा कृषि तथा पशु बहुउद्धेश्यीय फर्मबाट गएराती झण्डै एक सय केजी माछा चोरी भएको फर्मका सञ्चालक तिरुवाले जानकारी दिनुभयो ।
उहाँले झण्डै एक दशक देखी माछापालन गर्दै आउनुभएको छ । ग्रास, रउ, नैनी जातका करिब ८ हजार भुरा पोखरीमा राखेको र झण्डै एक सय केजी माछा चोरी भएको उहाँले जानकारी दिनुभएको हो । पोखरीबाट करिब ५० हजारका माछा चोरी भएको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले माछा चोरी भएको बारेमा प्रहरीमा निवेदन आएको जनाएको छ । माछा पोखरीमा पुगेर आवश्यक निरिक्षण पश्चात घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार