२०८० फाल्गुन २२ गते मङ्गलवार

ढुंगाले लागेर बाख्रा चराउन गएका बालकको मृत्यु

सल्यान, १३ साउन । सल्यानमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला माथिबाट खसेको ढुंगाले लागेर शनिवार दिउसोँ २ बजेतिर शारदा नगरपालिका ९ ढिकमुली टोलका ११ बर्षिय अर्जुन बुढाथोकीको मृत्यु भएको हो ।

सोहि वडामा रहेको सुनधारा सामुदायिक बनको पातेखोला भन्ने स्थानमा बाख्रा चराउन गएका अर्जुनको ढुंगाले लागेर घटनास्थलमा नै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बाख्रा चराउन गएको बेलामा माथिबाट ढुंगा खसेर बालकको टाउकोमा चोट लागेपछि घटनास्थलमा नै मृत्यु भएको वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस