
तुलसीपुर, ११ साउन । दाङको तुलसीपुरमा फेरि एक बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार तुलसीपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी हुन् । बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-११ निवासी २३ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले ति बालिकालाई घर नजिकैको मकै बारीमा बोलाई बलात्कार गरेका हुन् ।
बलात्कारपछि अचेत अवस्थामा रहेको बालिकालाई उनकी आमाले भेटाएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहेको छ । वलीलाई बिहीबार पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
केही दिन अघि मात्रै तुलसीपुरमा ७३ बर्षीया बृद्ध महिला र ११ बर्षीया बालिका बलात्कृत भएका थिए ।
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार