
तुलसीपुर, १० साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सर्पदंशको भरपर्दो उपचार हुनुपर्ने नागरिक समाजले माग राखेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम अर्याललाई सर्प दंशबाट घाइतेको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा राम्रो हुन्छ भन्ने बिश्व दिलाउन अपनाउनु पर्ने दक्षता, क्षमता र सीप प्रयोग गर्न आग्रह गरिएको मानव अधिकार तथा शान्ति समाज दाङका कार्यबाहक सभापति कोमल डिसीले जानकारी दिनुभयो ।
समुदायमा सर्पदंशको उपचार प्रादेशिक अस्पतालमा भरपर्दो हुदैन भन्ने गुनासो रहेको शान्ति समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति एवम पत्रकार सुशील बस्नेतले मेसु डाक्टर अर्याललाई सुनाउनुभयो ।
सर्प उद्वारकर्ता प्रभात भण्डारीले सर्प दश बिषालु हो वा होईन अस्पतालले उपचारका क्रममा छुट्टाउन सक्नु नै प्रभाबकारी उपचारको महत्वपूर्ण प्रक्रिया रहेको बताउनुभयो ।
कहिलेकाहीँ सामान्य अवस्थाको बिरामीलाई बिषालु भनिदिने र बिषालुलाई विषालु होइनन् भन्दा दुबै कारण बिरामीको मृत्यु हुनसक्ने उहाँले बताउनुभयो ।
अस्पतालका मेसु डाक्टर अर्यालले नागरिकहरुका गुनासोलाई मध्यनजर गर्दै सर्पदंशका बिरामीको उपचारलाई थप प्रभाबकारी बनाउने बताउनुभयो ।
आईसियु, चार जना मेडिकल अधिकृत र ६ जना स्टाफ नर्सको व्यवस्था हुनसके राम्रो सेवा दिन सकिने प्रतिबद्धता जनाउनुभयो ।
अस्पताल सेवा बिश्वास नरहेका सर्पदंशका बिरामी झारपुक वा अन्य ठाउमा जाने गरेको र जसका कारण थप जोखिम बढेको गुनासो सुनिए पछि मानव अधिकार तथा शान्ति समाज अगुवाईमा सर्पदंश उद्वारकर्ता, लाईन्स क्लब ईसान तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारी, शान्ति समाज दाङका सचिब अमृत प्रसाद शर्मा, सदस्य गोरख वली लगायतका प्रतिनिधिहरुको संयुक्त प्रतिनिधि टोलीले अस्पतालमा ध्यानाकर्षण गराएको हो ।
गत बैशाख यता तुलसीपुर क्षेत्रमा मात्र सर्प दंशका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । सर्पका बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको छ । दाङमा करेत र गोमन सर्पको दंशबाट धेरै व्यक्तिको मृत्यु हुने गरेको छ ।