
दाङ, १० साउन । लम्पी स्कीन रोगबाट सङ्क्रमित गोरूलाई नजोत्न पशु चिकित्सकले आग्रह गरेका छन् ।
अहिले खेतिपातिको समय भएको भन्दै सामान्य सङ्क्रमित गोरु र राँगालाई जोत्ने गरिएको पाइएकाले सङ्क्रमित पशु पूणर् रूपमा निको नहुन्जेल काममा नलगाउन पशुचिकित्सकले आग्रह गरेका हुन् ।
सङ्क्रमित पशुलाई जोत्ने काममा लगाउँदा अन्य निरोगी पशुलाईसमेत सर्ने जोखिम रहन्छ भने हल्का सङ्क्रमित पशु झन सिकिस्त हुने सम्भावना रहने पशु चिकित्सकको भनाइ छ ।
पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले बिरामी पशुको आहार र स्याहारमा ख्याल गरे यो रोग निको हुने सम्भावना बढ्ने बताउनुभयो ।
पशु सेवा विभागकाअनुसार लम्पी स्कीन रोगबाट अहिलेसम्म २८ हजारभन्दा बढी पशु मरेका छन् भने साढे २ लाखभन्दा बढी पशु अझै सङ्क्रमित छन् ।
यसैबीच, देशभर लम्पीस्कीन रोग बढिरहेका बेला महामारी नियन्त्रणलगायतका क्षेत्रमा काम गर्ने २० वटा सरकारी कार्यालयको भविष्य अनिश्चित देखिएको छ ।