तुलसीपुर, ६ साउन । दाङमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ का ६ वर्षिय बालक निर्माण बुढाको मृत्यु भएको हो ।
साथीसंगै शनिबार दिउँसो पौडी खेल्न गएका बालकको पानीमा डुबेर मृत्यु भएको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो । पानीमा डुबेर घाइते बालकलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
तुलसीपुर–६ ज्ञानज्योति टोलमा डेरामा बस्दै आएका बालक दिउँसो ग्वारखोला बाँधमा पौडी खेल्न गएका हुन् । पानीमा डुबेर अर्का बालक घाइते भएको उहाँले बताउनुभयो । घाइते बालकलाई राप्ती प्रादेशिक अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार