२०८१ मङ्सिर २२ गते शनिवार

संचार उद्यमी धिताल हत्याको तेह्र वर्ष पुरा : दोषी अझै अज्ञात

तुलसीपुर, ६ साउन । तुलसीपुरका संचार उद्यमी देवीप्रसाद धिताल (हेमराज) हत्याको १३ वर्ष पुरा भएको छ । तुलसीपुर एफएमका तत्कालिन अध्यक्ष धिताल (हेमराज)को हत्या भएको तेह्र वर्ष पुग्दा पनि दोषि अझै पत्ता लाग्न सकेको छैन् ।

सञ्चार उद्यमी धितालको २०६७ साल साउन ६ गते अपरान्ह सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा एक अपराधिक समुहले गोली हानेर हत्या गरेको थियो ।

धितालको हत्या भएको तेह्र वर्षसम्म पनि प्रहरीले उहाँको हत्या कस्ले र किन गरेको हो ? भन्ने पत्ता लगाई सकेको छैन् । तेह्र वर्षदेखि प्रहरीले घटना अनुसन्धानकै क्रममा भएको बताउँदै आएको छ ।

देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले शनिवार तुलसीपुरमा आयोजना गरेको १३ औँ स्मृति कार्यक्रम गरेको छ । कार्यक्रममा स्वर्गीय धितालकी आमा, श्रीमती, भाइ, भाइ बुहारी, रेडियो तुलसीपुरका अध्यक्ष दिपेन्द्र गिरी लगाएतले धितालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानका उपाध्यक्ष एवं त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेश हमालले सञ्चारउद्यमी जस्तो व्यक्तीको हत्यारा पत्ता नलाग्नु आम नेपालीको लागि पिडादायीक विषय भएको बताउनुभयो ।

नेपालमा घट्ने जघन्य अपराधका घटनाहरु पत्ता नलाग्नु चुनौतीको विषय रहेको उहाँको भनाई छ । रेडियो तुलसीपुर एमएमका कोषाध्यक्ष एवं प्रतिष्ठानका सचिव महेन्द्र लामिछानेले स्व.धितालको परिवारको न्यायका लागि विभिन्न किसिमका आन्दोलनहरु गरिरहेको र हत्यारा पत्ता नलाग्दा सम्म दबाब मुलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय उपसभापति एवं अधिकारकर्मी सुशिल बस्नेतले रहस्यमय तरिकाले गरिएको धिताल हत्याकाण्डको अनुसन्धानमा सुरक्षा निकायले धेरै चासो नलिएको हो कि भन्ने आभाष थप हुन थालेको बताउनुभयो ।

धितालको हत्या भएको लामो समय पुगि सक्दा समेत एकजना हत्याको पहिचान अनुसन्धानमा खटिएको प्रहरीले सकेको छैन् । नेपाली काँग्रेसको आसन्न निर्वाचनका लागि चुनावी प्रचार प्रसार गरि तुलसीपुरस्थित घर तर्फ फर्कदै गर्दा धितालमाथि एक हतियार धारी समुहले तुलसीपुर १२ हेमनगरमा लखेटी लखेटी गोली हानेर हत्या गरेको थियो ।

समसाँझै भएको उक्त घटनाको तेह्र वर्ष बितिसक्दापनि हत्यारा पत्ता नलाग्दा परिवारजन त्रासमा बाँचिरहेका छन् । स्वं धिताल नेपाली काग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो । उहाँ रेडियो तुलसीपुर संचालक समितिको अध्यक्ष, राप्ती यातायात समितिको अध्यक्ष, लायन्स क्लव लगायतमा आबद्ध भई प्रभावकारी भुमिका खेल्दै आउनु भएको थियो ।

यसैबिच धितालको स्मृतिमा प्रतिष्ठानले मानव सेवा आश्रम तुलसीपुरमा फलफुल तथा खाद्यन्न सामाग्रीहरु सहयोग गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस