२०८२ बैशाख १७ गते बुधवार

दाङमा सर्पदंशबाट एक जनाको मृत्यु

दाङ, ५ साउन । दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका-३ बस्तीखोला निवासी अन्दाजी ५० वर्षिया दल बहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो १ बजेतिर घरको ढोकाबाट बाहिर निस्किने क्रममा नाम नखुलेको सर्पले उहाँलाई टोकेको हो । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर्तीको शवलाई पोष्टमार्टका लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । घर्ती घरमा एक्लै बस्दै आउनुभएको थियो । छोराबुहारी वैदेशिक रोजगारको शिलशिलामा बाहिर बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस