रोल्पा, ५ साउन । रोल्पामा चट्याङ लागेर एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ३ नैलिबाङ कुईपा धाराका ४९ बर्षिय वडा सदस्य दिल बहादुर घर्तीको चट्याङ लागेर निधन भएको हो ।
घर्तीलाई गएराती साढे नौ बजेतिर चट्याङ लागेको थियो । कान्छो भाईको घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार