२०८१ माघ ८ गते मङ्गलवार

कोइलाबास भन्सारमा लक्ष्यभन्दा पाँच गुणा बढी राजश्व संकलन

दाङ, ५ साउन । कोइलावास भन्सार कार्यालय बितेको आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच गुणा बढी राजश्व संकलन गरेको छ । कार्यालयले बितेको आर्थिक वर्ष अर्थात आर्थिक वर्ष ०७९/८० एक करोड एक लाख ३० हजार राजश्व संकलन गरेको हो । ।

कार्यालयले बितेको आर्थिक वर्षमा २१ लाख ३९ हजार राजश्व संकलनको वार्षिक लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा पाँच गुणा बढी राजश्वस संकलन गर्न सफल भएको कोइलावास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले बताउनुभयो । सडकको सहजतासंगै भारतीय नागरिकहरु नेपाल भित्रिने क्रम बढेपछि राजश्व संकलनमा वृद्धि भएको उहाँको भनाई छ ।

कार्यलयले व्यापार व्यवसायको सामग्री भित्रिएवापत नभई अस् थायी पैठारी अर्थात भारतीय सवारी साधन नेपाल आएवापत तिरेवाफतको राजश्व संकलन गरेको हो ।

स् वर्गद्वारी दर्शन र अन्य ठाउँको भ्रमणका लागि कोइलावास नाका भएर मोटरसाइकल, कारमा आउने पर्यटकको संख्या बढेको छ । जसले गर्दा अस् थायी पैठारीबाट राजश्व संकलन बढेको हो ।

कोइलबास भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७८ हजार लक्ष्य राखेकोमा लक्ष्य भन्दा दोब्बर ३१ लाख ३४ हजार राजश्व संकलन गरेको थियो । भारतबाट नेपाल भित्रने पर्यटकले २४ घण्टाको लागि एउटा मोटरसाइकलले अबदेखि दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ भने जीप, कारले छ सय, मालबाहक खाली ट्रकले एक हजार सात सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस