२०८१ असार ९ गते आइतवार

दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट खस्यो ट्रक

दाङ, ३ साउन । दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट बुधबार (आज) बिहान साढे चार बजेतिर ट्रक खसेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नं को ट्रक खोलामा खसेको हो । दुर्घटनामा अहिलेसम्म पनि चालक च्यापिएको र उद्धारकार्य जारी रहेको पत्रकार तीर्थराज चौधरीले जानकारी दिनुभयो ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस