२०८१ माघ ८ गते मङ्गलवार

दाङमा श्रमिकको न्यूनतम ज्याला निर्धारण (सुचिसहित)

दाङ, २ साउन । दाङमा श्रमिकको न्यूनतम ज्याला निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिले चालुवर्षका लागि श्रमिकको न्यूनतम ज्याला निर्धाण गरेको हो ।

सार्वजनिक गरेको विवरण अनुसार चालुवर्षमा गतवर्षको तुलनामा श्रमिकको ज्याला न्यूनरुपमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०÷८१ का लागि दक्ष सिकर्मी, नकर्मी र डकर्मीको न्युनतम ज्याला ७ सय ७५ निर्धाणर गरिएको छ ।

बितेको आर्थिक वर्षमा जिल्लामा दक्ष सिकर्मी, नकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५० निर्धारण गरिएको छ । दक्ष सिकर्मी, नकर्मी र डकर्मीको बितको आर्थिकवर्ष भन्दा चालुवर्षमा प्रतिदिन २५ रुपैँयामात्रै वृद्धि भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यको अध्यक्षतामा असार २८ गते बसको बैठकले श्रमिकको न्यूनतम ज्याला निर्धारण गरेको हो ।

यस्तै अदक्ष कुल्ली र ज्यामीको दैनिक ६ सय २०, ज्यामी नाईको ६२५, भरिया र स्प्रे म्यानको प्रतिदिन ६२० ,स्प्रे नाइके फोरम्यानको ६५०, दक्ष पलम्बरको ६६० निर्धारण गरिएको छ ।

कसको ज्याला कति ? अन्यको विवरण थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस