२०८१ असोज ४ गते शुक्रवार

तुलसीपुरमा लक्ष्यभन्दा कम राजश्व संकलन

तुलसीपुर, ३१ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । उपमहानगरपालिकाले चालुवर्षमा ३५ दशमलव ४३ प्रतिशत अर्थात १४ करोड २६ लाख ५४ हजार १७४ कम राजश्व संकलन गरेको हो ।

उपमहानगरपालिकाले ४० करोड २७ लाख लक्ष्य राखेकोमा ६४ दशमलव ५७ प्रतिशत अर्थात २६ करोड ४५ हजार ८२६ मात्रै राजश्व संकलन गरेको हो । नगरले चालुवर्षमा नदिजन्य पदार्थको ठेक्का पुरा लाग्न नसक्नु, आर्थिक मन्दी लगायतका कारण लक्ष्यभन्दा कम राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख ललित घर्तीले बताउनुभयो ।

चालुवर्षमा नदिजन्य पदार्थबाट १ करोड ४२ लाख ३४ हजार राजश्व संकलन गरिएको छ । उपमहानगरपालिकाले चालुवर्षमा घरजग्गा रजिष्ट्रेशनबाफत ९ करोड २३ लाख ४३ हजार ९२ राजश्व संकलन गरेको छ भने अन्यबाट ९८ हजार १ सय राजश्व संकलन भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ मा ३६ करोड १५ लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस