२०८१ जेष्ठ ५ गते शनिवार

सशस्त्र प्रहरीमा खुल्यो जागिर : ९ सय ३२ पदका लागि दर्खास्त आह्वान

दाङ, २९ असार । सशस्त्र प्रहरी बलले ९ सय ३२ पदका लागि दर्खास्त आह्वान गरेको छ । स्थायी पदपूर्तिका लागि भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले सूचना जारी गरेको छ ।

रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९ सय ३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । दरखास्त साउन २८ गतेसम्म दिन सकिने सूचनामा भनिएको छ ।

विस्तृत जानकारीका लागि नजिककै सशस्त्र प्रहरी बल क्याम्पमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस