२०८१ असोज ४ गते शुक्रवार

रोल्पामा एसईईको नतिजा कमजोर

रोल्पा, २३ असार । रोल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा कमजोर देखिएको छ । रोल्पाबाट एसईई दिएका ३ हजार ९ सय ९० जना परीक्षार्थीमध्ये ५ सय ५३ जनाले १ दशमलव ६ जीपीएभन्दा कम अंक प्राप्त गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा २०७९ को एसईई परीक्षामा कमजोर नतिजा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दुर्गाबहादुर खड्काले बताउनुभयो ।

‘२०७९ मा लिइएको एसईई परीक्षामा भाग लिएका धेरै विद्यार्थीले रोजेको विषयमा उपल्लो कक्षामा पढ्न प्राप्त गर्नुपर्ने अंक नै ल्याउन सकेनन् ।

२०७९ को एसईई परीक्षामा रोल्पामा ३ हजार ९ सय ९० जना विद्यार्थी सहभागी भएका थिए । २०७९ को एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये प्राविधिक तर्फ माडी गाउँपालिकाको कृष्ण मावि घर्तीगाउँकी छात्रा अनुशा घर्तीमगरले ३ दशमलव ७६ जीपीए प्राप्त गरेकी छन् भने साधारण तर्फ त्रिवेणी गाउँपालिकास्थित जनकल्याण मावि सिम्पानीका निर्मल घर्तीमगरले ३ दशमलव ७५ जीपीए प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस