
दाङ, १९ असार । बबई नदिमा डुबेर दाङका एक युवकको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटाको बबई नदिमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम वहादुर सुनारले जानकारी दिनुभयो ।
देवकोटा सोमबार राती बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कने क्रममा बबई नदिमा डुबेको प्रहरीले जनाएको छ । देवकोटाको शब मंगलबार दिउँसोमात्रै फेला परेको हो । शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल ल्याईएको छ ।
प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार