२०८१ जेष्ठ ९ गते बुधवार

दाङमा बिहानैदेखि वर्षा : आज यी प्रदेशमा भारी वर्षाको अनुमान

दाङ, १९ असार । दाङसहित आसपासका ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ ।

अहिले लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस