२०८१ माघ २ गते बुधवार

सहकारीका लेखा व्यवस्थापकलाई तालिम

दंगीशरण, १९ असार । दंगिशरण गाउँपालिकामा सहकारीका लेखा व्यवस्थापकलाई तालिम प्रदान गरिएको छ । सहकारीको लेखा व्यवस्थापन सहजता ल्याउन सहकारीका लेखा व्यवस्थापकलाई तालिम प्रदान गरिएको हो ।

‘सहकारीको दिगोपना,स्वनियम र सुशासन’ भन्ने मुल उदेश्यका साथ दंगीशरण गाउपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संघ दाङको सहजीकरणमा संचालित सहकारी लेखा व्यवस्थापन सम्बन्धि पाँच दिने तालिमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको विशिष्ट आथित्यतामा ५ दिने तालिमको समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सहकारीहरु व्यवस्थित तवरले सन्चालन गरी जनताको सेवाप्रति जिम्मेवार बन्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय सहकारीहरु रासायनिक मल बिक्री बितरणतर्फ मात्र केन्द्रित भएको भन्दै अध्यक्ष गिरीले जनतामा सहकारीको उदेश्य मल बितरण गर्ने मात्र भन्ने धारणा बसेकोप्रति चिन्ता ब्यक्त गर्नुभयो ।

जनताले बचत गरेको पैसाबाट संचालित सहकारीलाइ पारदर्शी र मितब्ययिता तवरले अगाडी कसरी लग्ने भन्ने सवालमा सहकारीको लेखा प्रणाली चलाउने कर्मचारीलाई लेखा व्यवस्थापन तालिमको आयोजना गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।

कार्यक्रममै बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले पारदर्शी तवरले सहकारीहरु अगाडी बढ्नुपर्ने र प्रबिधिसंग जोडीनुको विकल्प नरहेको बताउनुभयो ।

सहकारीहरुको स्तरवृद्धिका लागी सहकारी संजाल विस्तारका लागी समेत पालिकाले आफ्नो सक्रियता बढाउने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले सहकारी सस्थाको संस्थागत विकास र क्षमता अभिबृद्दीका लागी ५ दिने तालिम प्रभाबकारी हुने बताउनुभयो ।

नियमित रुपमा लेखा परीक्षण र नियमित रुपमा साधारणसभा गर्न नसके त्यस्ता सहकारी सस्थाको अनुगमन नियमन गर्ने सबै अधिकार स्थानिय तहलाई रहेको बताउनुभयो ।

दंगीशरण गाउँपालिकामा रहेका सहकारीको लेखा प्रणालीमा देखिएका समस्याको समाधान गर्न तालिमले सहयोग पुर्‍याउने बताउनुभयो ।

तालिममा दंगीशरण गाउँपालिकाभित्र रहेका २६ वटा सहकारी सस्थाका लेखा व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस