दाङ, १६ असार । दाङसहित पाँच जिल्लाका विभिन्न भुभागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार दाङ, स्याङ्जा, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा लगातार भारी वर्षा भइरहेको छ ।
महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको, होँचा स्थान डुब्न सक्ने चेतावनी दिएको छ ।
त्यस्तै कमजोर र भिरालो जमीनमा पहिरोको जोखिम बढेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
दाङमा बितेको चौबिस घन्टामा १५८ मिलिमिटर, स्याङ्जामा २१४ मिलिलिटर, मिलिलिटर, नवलपुरमा २२१ मिलिलिटर, रूपन्देहीमा १६६ मिलिलिटर, पाल्पामा १८१ मिलिलिटर, तनुहँमा १९० मिलिलिटर, पाल्पाको तानसेनमा १६८ मिलिलिटर वर्षा भएको छ ।
प्रकाशित मिति : २०८० असार १६ गते शनिवार