२०८१ जेष्ठ ९ गते बुधवार

रोल्पामा पोखरीमा डुबेर एक बालकको मृत्यु

रोल्पा, १५ असार । रोल्पामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

रुन्टीगढि गाउँपालिका ९ टुनिबोट निवासी इन्द्र बहादुर घर्तीका ६ वर्षीय छोरा आमोस घर्तीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राल्पाले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार दिउँसो साढे ३ बजेको समयमा आफ्नै ४ वर्षीय बहिनी सँग खेल्ने क्रममा घर नजिकैको सिंचाई पोखरीमा डुबेर आमोसको मृत्यु भएको हो ।

पोखरीमा डुबेर बालकको मृत्यु भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस