२०८१ मङ्सिर २३ गते आइतवार

वित्तिय संघियता आउन सकेन : पाण्डे

तुलसीपुर, १३ असार । संघियता राजनीतिकरुपमा आएपनि वित्तियरुपमा आउन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । मेट्रो कलेजले बुधबार तुलसीपुरमा गरेको कार्यक्रममा सहभागीले संघिय व्यवस्था लागु भएपछि तीन तहका सरकार गठन भएपनि केन्द्रको सरकारले पूणर् अधिकार हस्तान्तरण गर्न नसकेको बताएका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमन नगरप्रमुख तथा मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले संघियतापछि राजनैतिकरुपमा तीन तहका सरकार आएपनि पूणर् अधिकारसहितको संघियता आउन नसकेको बताउनुभयो ।

उहाँले केन्द्रको सरकारले संविधानको उलंघन गरेको बताउनुभयो । नेपालको नयाँ संविधानले स्थानीय सरकारलाई धेरै अधिकार दिएपनि केन्द्रको सरकारले अधिकार हस्तान्तरण गर्न नसक्दा केन्द्रको सरकारले नै संविधानको उलंघन गरेको बताउनुभयो ।

उहाँले केन्द्र सरकारले अधिकार हस्तान्तरण गर्न नसक्दा स्थानीय सरकारले आन्तरिकरुपमा सोचेजति राजश्व संकलन गर्न समस्या रहेको बताउनुभयो । उहाँले करको दर भन्दा दायरा बढाउँदा राजश्व संकलन गर्न सजिलो हुने बताउनुभयो ।

उहाँले राजश्व संकलनमा संघ सरकारले धेरै अधिकार हस्तान्तरण गर्न नसकेको बताउनुभयो । उहाँले संविधानले प्रशासनिक संघियताको अधिकार दिएपनि प्रमुख प्रशासकिय अधिकृत समेत स्थानीय सरकारले आफै राख्न नपाउने बताउनुभयो । कार्यक्रममा अर्थ विज्ञ सागर बरालले वित्तिय संघियताको अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरको विकासका लागि आन्तरिक राजश्व वृद्धि गर्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले राजश्व संकलन लक्ष्य अनुरुप संकलन हुन नसक्दा विकास निर्माणका धेरै काम प्रभावित भएको बताउनुभयो ।

कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्दे, गोरखा कलेजका प्रमुख पूणर्बिक्रम डाँगी, अधिवक्ता कोशिस गिरीले संविधानमा उल्लेखित कुरा व्यवहारतहमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । मेट्रो कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विद्यार्थी प्रकाश वलीले गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस