२०८१ चैत्र ८ गते शुक्रवार

स्यार्पुतालमा डुबेकी बालिकाको आज पनि खोजि कार्य जारी

रूकुम पश्चिम, १३ असार । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा रहेको स्यार्पू तालमा डुबेर वेपत्ता भएकी बालिकाको बुधबार पनि बिहानैदेखि खोजि कार्य जारी रहेको छ ।

तालमा मंगलबार दिउँसो १ बजेदेखि बेपत्ता बालिकाको बिहानैदेखि खोजि कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

तस्विर : डम्बर केसी

विद्यालयको खाजा समयमा पौडी खेल्न गएकी सोहि ठाउँका डिलबहादुर बिककी अन्दाजी ११ वर्षिय छोरी टीका वेपत्ता भएकी हुन् ।

स्यार्पूताल माविमा कक्षा ४ मा अध्ययनरत विक साथीहरूसँगै विद्यालयको हाफ टाइममा पौडी खेल्न गएको समयमा डुबेको प्रहरीले जनाएको छ । उनीसँगै गएका अरू पाँच जना साथीहरू भने सकुशल घर फर्किएको खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस