२०८१ माघ १ गते मङ्गलवार

घोराही-८ का वडा अध्यक्षले दिए पदबाट राजीनामा

दाङ, १२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र शाहले वडा अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ ।

बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलबार पदबाट राजिनामा दिनुभएको हो ।

एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभा चलिरहदा बाहिरिनुभएको हो ।

पटक-पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिएपनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले मेयरसंग चर्को असन्तुष्टि ब्यक्त गर्नुभएको थियो ।

आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहाल्दीएपछि पदमा बस्नु भन्दा राजिनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

उहाँले यसअघिको बजेट ल्याउदा पनि फेसबुकमा राजिनामा दिने घोषणा गरेपनी अन्तिममा दिनुभएको थिएन् । उहाँले टोलबासी सबैलाई बोलाएर आफुले बजेट हाल्न नसकेको भन्दै राजिनामा दिनका लागि सुझाब सल्लाह लिनुभएको थियो ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस