२०८१ माघ ९ गते बुधवार

बेरुजु शून्यमा लैजाने कपुरकोटको नीति

कपुरकोट, ११ असार । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षबाट बेरुजु शुन्यमा लैजाने नीति लिएको छ । गाउँपालिकाको बेरुजु शुन्यमा लैजान बेरुजु फछ्र्यौट उपसमिति गठन गरिएको छ ।

बेरुजु शुन्यमा झार्न आइतबार गाउँपालिकाको १३ औँ गाउँसभाबाट आर्थिक गतिविधि नियमित तथा व्यवस्थापन गर्ने ऐन २०७५ को पहिलो संशोसन पास भएको छ ।

गाउँपालिकामा हालसम्म नौ करोड एक लाख बेरुजु छ । बेरुजु शुन्यमा लैजान १३ औँ गाउँसभाबाट बेरुजु फछ्र्यौट उपसमिति पनि गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

बेरुजु शुन्य लैजानका लागि उपसमितिलाई एक साताको समय प्रदान गरिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षबाट बेरुजु शुन्यमा लैजान गाउँपालिकाको नीति अनुरुप उपसमिति गठन गरी प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस