२०८१ माघ २ गते बुधवार

रुण्टीगढीमा ६१ करोड बढीको बजेट

होलेरी, ११ असार । रोल्पाको रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । सुखी र समृद्धी : अवको रुन्टीगढी भन्ने मुल नाराको साथ निति तथा कार्यक्रम पारित गरे पछि १४ औ गाउँ सभाको दोस्रो बैठकले बजेट सार्वजनिक गरेको हो ।

आइतबार गाउँपालिका सभाहलमा बसेको वैठकले बैठकले उक्त बजेट सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८०।८१ को गाउँपालिका प्रशासनिक तथा चालु खर्च तर्फ रु ११ करोड ०३ लाख ६४ हजार, वडा कार्यालयको चालु तर्फ रु १ करोड ७४ लाख ७५ हजार, विषयगत शाखा चालु तर्फ रु ३ करोड ०३ लाख, सामाजिक सुरक्षा तर्फ ८ करोड, प्रदेशरस्थानीय क्षमता विकास तर्फ रु ४ लाख, र संघसस्था कार्यक्रम तर्फ रु ९ लाख ८८ हजार ५ सय ५१ रुपैया, संघिय शसर्त अनुदान चालु २३ करोड २५ लाख, प्रदेश शसर्त अनुदान ६ लाख पचास हजार गरी कुल चालु तर्फ ४७ करोड २६ लाख ७७ हजार ५ सय ५१ रुपैया बजेट सर्वजनिक भएको छ ।

त्यसैगरी गाउँपालिकाको पुजीगत तर्फ रु २ करोड ६९ लाख ३३ हजार ४ सय ४९ रुपैया, वडा कार्यालय पुजीगत तर्फ रु ५ करोड ७५ लाख ८९ हजार, संघिय शसर्त पुजीगत अनुदान रु ८० लाख, संघीय समपुरक अनुदान तर्फ रु १ करोड, संघीय विशेष अनुदान तर्फ रु ७० लाख, प्रदेश शसर्त अनुदान रु ७५ लाख, प्रदेश समपुरक अनुदानमा रु २ करोड र समपुरक कोषमा रु ६० लाख कुल पुजीगत व्यय रकम रु १४ करोड ३० लाख २२ हजार ४ सय ४९ रुपैया बजेट विनियोति भएको छ । यसरी चालु र पुजीगत गरी कुल ६१ करोड ५७ लाख रुपैया बिनियोजित बजेट सार्वजनिक भएको छ ।

यसरी सार्वजनिक गरिएको बजेट छलफल पछि असार १८ गतेको तेस्रो १४ औ गाउँसभाबाट पास हुने भएको छ । तेस्रो गाउँसभा बैठक असार १८ गते निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस