२०८१ चैत्र ६ गते बुधवार

दाङका आठ पालिकाले आज बजेट ल्याउँदै

दाङ, १० असार । स्थानीय सरकारले आज बजेट ल्याउँदै छन् । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकारले आज बजेट ल्याउन लागेका हुन् ।

दाङका आठ वटा पालिकाले आज बजेट ल्याउने भएका छन् । दश वटा पालिकामध्ये दुई वटा पालिकाले शुक्रबार नै आगामी आर्थिक वर्षको लागी बजेट ल्याइसकेका छन् । आज तुलसीपुर उपमहानगरसहित घोराही, लमही, गढवा, राजपुर, दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकाले बजेट ल्याउने भएका हुन् । राप्ती र बंगलाचुली गाउँपालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् ।

आठ वटा पालिकामध्ये चार पालिकाले निति कार्यक्रम ल्याइसकेका छन् भने चार वटा पालिकाले निति कार्यक्रम र बजेट एकैपटक आज ल्याउने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्षको लागि एक अर्ब ६९ करोड ४५ लाख बराबरको बजेट ल्याउन लागेको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।

दंगीशरण गाँउपालिकाले आगामी आर्थिक वर्षको लागि करिब साढे २९ करोड बराबरको बजेट ल्याउन लागेको पालिका अध्यक्ष शम्भु गीरीले बताउनुभयो । यस्तै बबई गाउँपालिकाले पनि आज बजेट ल्याउने भएको छ । बबई गाँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले आगामी आर्थिक वर्षको लागि ४६ करोड बराबरको बजेट ल्याउन लागेको बताउनुभयो ।

यस्तै शान्तीनगर गाँउपालिकाले पनि आज नै निती कार्यक्रम र बजेट संगै ल्याउने तयारी गरेको पालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी घोराही उमहानगरपालिकाले आज १ अर्ब ७० करोड बराबरको बजेट ल्याउन लागेको नगर उपप्रमुख हुमा कुमारी डिसीले जानकारी दिनुभयो ।

लमही नगरपालिकाले आज नै निति कार्यक्रम र बजेट ल्याउदै छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीका अनुसार चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षको बजेट घटेर आउने भएको छ ।

यस्तै गढवा गाँपालिकाले पनि आज बजेट कार्यक्रम ल्याउने भएको छ । पालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीका अनुसार आचुवर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट घटेर आएको छ । चालु वर्षमा ५६ करोड ७९ लाख दश हजार बराबरको बजेट रहेकोमा आगामी आर्थिक वर्षको बजेट तिन करोड रुपैयाले घटेर आउने उहाँले बताउनुभयो ।

स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस