२०८२ जेष्ठ २९ गते बिहिवार

मजदुर संगठन स्थापना दिवसमा १२ जनाले गरे रक्तदान


तुलसीपुर, ८ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औँ स्थापना दिवसका अवसरमा दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ ।

जिल्ला कमिटिले स्थापना दिवसको अवसरमा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा नेपाल रेडक्रसले संचालन गरेको रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष दिपक बुढाथोकीको अध्यक्षता तथा संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीको विशेष उपस्थितिमा आयोजना गरीएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको सचिव खिम बहादुर डाँगीले जानकारी दिनुभयो ।

केन्द्रिय कार्यक्रम अनुसार नै आफुहरुले पनि रक्तदान कार्यक्रम गरेको उहाले जानकारी दिनुभयो ।
रक्तदान नै जिवनदान भन्ने मान्यताका साथ रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वली, उहाका धर्मपत्नी मिना वली, जिल्ला सहसचिव प्रकास भण्डारी, सदस्यहरु घनश्याम शर्मा, भुप बहादुर केसी, कर्मचारी मोतिकला विश्वकर्मा, बुकिङ कलरका कर्मचारी निम बहादुर केसी, मुक्तिनाथ बैंकका प्रख्यात मज्गैया, राम बहादुर रोका, विनोद बुढाथोकी लगाएतले रक्तदान गर्नुभएको सचिव डाँगीले जानकारी दिनुभयो ।

रक्तदान गर्दै केन्द्रिय उपमहासचिव वलीले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम हुने गरेको बताउनुभयो । यस वर्ष सोहि अनुरुप कार्यक्रम भएको र असार ९ गते शनिवार पनि यातायात मजदुरहरुका लागी बसपार्कमा विहान आँखा शिविर कार्यक्रम राखेको उहाले बताउनुभयो ।

रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि उपाध्यक्ष केशव बहादुर भण्डारी, संगठनका श्रम विभाग सदस्य चुडा बहादुर विक,प्रदेश कमिटि सचिवालय पुर्व सदस्य अमर डाँगी लगाएतको सहभागिता रहेको थियो ।तत्कालिन पंचायतीकालमा संगठन २०३६ असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा स्थापना भएको थियो ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस