दंगीशरण ६ असार । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ ले अफ्नो वडाभित्रका सामुदायिक विद्यालयका जेहन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्रि वितरण गरेको छ ।
वडाले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ३४ जना छात्र/छात्राहरुलाइ शैक्षिक सामग्री वितरण गरेको हो ।
शिक्षण सिकाइका क्रममा विद्यार्थीहरुलाई पठन पाठन गर्न समस्या हुने गरेको भन्ने गुणासोपछि शिक्षण सिकाइ गर्न सजिलो होस भन्ने उदेस्यका साथ बालविकास देखी कक्षा ५ सम्मका जेहेन्दार तथा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरीएको वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक अवस्थाकै पढ्नबाट बञ्चित हुनुनपर्ने बताउनुभयो ।
उहाँले संस्थागत बिधालय सरह सामुदायिक बिधालयको गुणस्तरियतामा बढाउन आफु छुट्टै भिजनका साथ अगाडी बढिरहेको बताउनुभयो ।
यस्तै सैक्षिक सामाग्री बितरण गर्दै जिल्ला समन्वय सदस्य टोपाराम चौधरीले पहिलेको शिक्षाको अवस्थाको स्मरण गर्दै अहिलेका विद्यार्थी धेरै भाग्यमानी भएको उल्लेख गर्नुभयो ।
वडाले आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार हिउदे अधिबेशन बाट बिनियोजित गरी बालबालिकाको क्षेत्रमा खर्च गरेको हो ।
वडाले वालविकासका विद्यार्थीलाइ खेलाउने सामाग्री सहित ज्ञान प्रदान गर्न र कक्षा ५ सम्मका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीको हौसला प्रदान गर्न सैक्षिक सामाग्रीको बितरण गरेको थियो ।
वडा न ३ का सचिब भक्तीराम पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा न ३ का वडा सदस्य लक्ष्मण दास चौधरीले गर्नुभएको थियो ।