२०८१ माघ २ गते बुधवार

अन्तरप्रदेशीय रुट इजाजत अबसबै यातायात कार्यालयबाट


दाङ,६ असार । अन्तर प्रदेशीय बाटाे इजाजत (रुटप्रमिट)सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ ।

यस अघि अन्तर प्रदेशीय बाटो इजाजत संघीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै दिने गरिएको थियो । यसले यातायात व्यवसायीहरुले सास्ती भोग्दै आएका थिए ।


 मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको निर्देशन पछि मन्त्रालयले सबै यातायता कार्यालयबाट बाटो इजाजत दिन परिपत्र गरेको छ ।

संघीय कार्यालयबाट मात्रै बाटो इजाजत दिने गरि गरिएको निर्णयलाई बदर गर्दै अव प्रदेशका सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयबाट रुट इजाजत प्रदान गर्न लागिएको हो ।


प्रदेश मातहत कै यातायात कार्यालयबाट बाटो इजाजत सञ्चालन गर्न उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मुख्यमन्त्रीको निर्देशन पछि मातहतका सबै कार्यालयलाई बाटो इजाजत (रुडप्रमिट) दिन परिपत्र गरेको हो ।

असार ५ गतेदेखि कार्यान्वयन हुने गरि दाङ यातायात, बाँके यातायात, बुटवल सवारी कार्यालय र जिल्ला स्तरमा स्थापना भएका सबै यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयका शाखा अधिकृत राम प्रसाद घिमिरेले बताउनुभयो ।  

पहिलेको रुटप्रमिटको निर्णय प्रति गुनासो बढे पछि त्यसको सहजीकरण गर्दै प्रदेश सरकारकै मातहतमा रहेका यातायात कार्यालयबाट नै बाटो इजाजत पत्र दिने व्यवस्था गरिएको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।

सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकार पूर्णरुपमा कार्यान्वयनको चरणमा लगेको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।

अन्यप्रदेशमा दर्ता भएका सवारीकर पनि सबै कार्यालयमा लिइने
त्यसै गरेर अन्तरप्रदेश दर्ता भएका सवारी साधनको समेत कर सबै यातायता व्यवस्था कार्यालय र सेवा कार्यालयलयहरुमा निर्देशन गरिएको छ ।

पहिले निश्चित कार्यालयबाट मात्रै अन्तर प्रदेशमा दर्ता भएका सवारीको कर लिन सक्ने व्यवस्था रहेको थियो ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको दिर्नेशनमा असारसबै यातायात कार्यालयहरुले भिआएस प्रणालीको प्रयोग पहुँच लिइ अन्तर प्रदेश दर्ता भएका सवारी साधनको कर लिन परिपत्र गरिएको छ । यो निर्णय पनि असार ५ देखिनै लागु हुने गरि कार्यालयहरुमा परिपत्र गरिएको छ । 

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस