सुर्खेत, ४ असार । कर्णाली नदीमा जिप खस्दा एक जनाको मृत्यु भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–२, च्याछरा भिरमा सोमबार बिहान कर्णाली नदीमा खसेको जिपबाट हाम फालेर ज्यान जोगाएका जनकपुरका २५ वर्षीय राजेश लामाको मृत्यु भएको हो ।
हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–२२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताउनुभयो ।
चालकसहित १३ जना सवार जिप च्याछहरा भिरमा उकालो चढ्दै गरेको अवस्थामा एक्कासी कर्णाली नदीमा खसेको हो । उकालो भएका कारण अन्य १२ जना यात्रुहरूलाई ओरालेर लामा आफू एक्लैले जिप लगेर जाँदै गर्दा उकालोमा दुर्घटनामा परेको हो ।
प्रकाशित मिति : २०८० असार ४ गते सोमवार