२०८१ चैत्र ८ गते शुक्रवार

अत्याधिक गर्मीले नागरिकलाई हैरानी : अझै केहि दिन कायमै रहने

दाङ, २ असार । दाङसहित तराईका जिल्लामा अत्याधिक बढेको गर्मीले नागरिकलाई हैरानी बनाएको छ । मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । मनसुन देशभर फैलन ढिलाइ भएसँगै तराईका जिल्लामा खपी नसक्नुको गर्मी छ । मध्य र पश्चिम तराईका नागरिक चर्को घाम र तातो हावाका कारण हैरान भएका छन् ।

तराई मधेस क्षेत्रमा अझै दुई/तीन दिन वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना कम भएकाले गर्मी कायमै रहने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् बिनोद पोखरेलले जानकारी दिनुभयो ।

आउँदो मङ्गलवारदेखि पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय हुने र आउँदो हप्तादेखि भने नेपालभर नै मनसुन सक्रिय भएर पानी पर्ने पोखरेलले बताउनुभयो । तराईका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस