२०८१ जेष्ठ ५ गते शनिवार

जीप दुर्घटना अपडेट : चालकको मृत्यु (घाइतेको नामावलीसहित)


तुलसीपुर, १ असार । दाङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गाडी चालक रोल्पाको गंगादेव गाउँपालिका-१ ओतका ४० वर्षिय बिष्णु पुनमगरको मृत्यु भएको हो । तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।


जीप सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा गम्भिर घाइते ६ जनालाई नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

जीप शुक्रबार (आज) बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।तिब्र गतिका कारण जीप दुर्घटनामा परेको उहाँको भनाई छ ।

दुर्घटनामा अन्य घाइतेको नामवाली विवरण :

1-रोल्पा गंगादेव गा.पा.१ बिबाङ बस्ने बर्ष २३ को बल ब. ओलीको टाउको , अनुहार र शरिरमा चोट अबस्था सिरियस ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
2) ऐ. ओत बस्ने बर्ष ४२ को दुल ब. ओलीको टाउको , अनुहार र शरिरमा चोट अबस्था सिरियस । तुलसीपुरमा उपचार भईरहेको ।
3) जि. सल्यान छत्रेश्वरी गा.पा. बस्ने बर्ष २१ की गिता बि.क.को टाउको , दाया हात र शरिरमा चोट अबस्था मध्यम । ऐ. ११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
4) ऐ बस्ने गिता बि.क को छोरा बर्ष ७ को पबन बि.क.टाउको र शरिरमा चोट अबस्था सिरियस ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
5) निजकै छोरी बर्ष ६ की स्नेहा बि.क.को टाउको र शरिरमा भित्रि चोट अबस्था सिरियस । ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।

6) जि.दाङ तुलसीपुर उ.म.न.पा.१५ बस्ने बर्ष ३३ खुसिराम चौधरी टाउको र शरिरमा चोट अबस्था सिरियस ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
7) जि.रोल्पा गंगादेव गा.पा. १ बस्ने बर्ष २० की रिता डाँगीको टाउको र शरिरमा चोट अबस्था मध्यम । तुलसीपुरमा उपचार भईरहेको
8) ऐ.ऐ. बस्ने बर्ष ३२ की गौसरा ओलीको शरिरमा भित्री चोट अबस्था सिरियस । ।११:४० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर ।
9) देश भारत बंगाल कलकत्ता बस्ने बर्ष ३० को सादाम हुसेनको टाउको र बाँया खुट्टामा चोट अबस्था मध्यम । तुलसीपुरमा उपचार भईरहेको ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस