२०८१ असार ३० गते आइतवार

प्यूठानमा जीप दुर्घटना अपडेट : दाङका सातसहित आठ जनाको मृत्यु

दाङ, २९ जेठ । प्यूठानको स्वर्गद्वारीबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जना जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने सात जना दाङका रहेका छन् भने एक जनाको अझै सनाखत हुन सकेको छैन् ।

दुर्घटनामा परी दुई महिला, दुई पुरुष र चार जना बालकको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी डिएसपी सुशिल थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दाङको तुलसीपुर उपहानगरपालिका वडा नम्बर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल र उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल, लमही नगरपालिका-७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको हो ।

यस्तै कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ ।

थप विवरण अडियोमा :

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस