२०८२ बैशाख ३१ गते बुधवार

रुन्टीगढी गाउँपालिकामा माटो परिक्षण शुरु

रोल्पा २९ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको कृषि शाखाले किसानका खेतबारीको माटो परिक्षण गर्न शुरु गरेको छ ।

कृषि शाखामा १ देखि ७ नम्बर वडा सम्मको माटो परिक्षण एकै ठाउँबाट गरिएको हो । तर वडा नम्बर ४ बाट भने माटो परिक्षणको नमुना आउन सकेको छैन ।

माठो परिक्षण गरि बिग्रीएको माटोलाई कसरी सुधारमा ल्याउन सकिन्छ , कुन माटोमा कस्तो बाली लगाउदा उचित आय आर्जन बृद्धि हुन्छ र माटोमा के-के राखेर माटो सुधार गरि कृषकले उत्पादन बृद्धि गर्न सक्छन भन्ने उदेश्यका साथ माटो परिक्षण गर्न लागिएको कृषि प्रमुख हिमा पुनले बताउनुभयो ।

माटो परिक्षण गर्नको लागि कुनै एक वडामा ५० वा सो भन्दा बढी माटो नमुना संकलन भएपछि सजिलै माटो परिक्षण गर्न सकिने उहाले बताउनुभयो । नमुना कम भएपनि परिक्षण गर्न सकिने तर परिक्षण किड ५० नमुनाको लागि तयार पारिएको हुँदा परिक्षण थोरै थारैमा गर्दा बढी खर्चिलो हुने भएकाले सबैको एकै ठाउँमा गर्न लागिएको उहाको भनाई छ ।

वडा १ देखि ७ सम्म जम्मा ८१ वटा माटोको नमुना संकलन भएको थियो । आज सोमबार वडा नं. ९ मा परिक्षण हुदैछ । जहाँ ५० भन्दा माथि माटोको नमुना संकलन भएको छ भने वडा नं ८ को भोलि माटो परिक्षण हुने भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस