दाङ, २८ जेठ । सरकारले निजामती कर्मचारीलाई टिकटकमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको हो ।
मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यस्तै कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन निर्देशन दिएको उहाँले बताउनुभयो । यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ । -सेतोपाटीबाट
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार