
दाङ २८ जेठ । दाङमा दादुरा रुवेलाबिरुद्धको खोपा अभियान चलिरहेका बेला एक गाउँमा दादुराको प्रकोप देखिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ८ स्थित हाँसीपुर, रानीवास र नयाँवस्ती टोलमा दादुरा देखा परेको हो ।
अहिले नयाँवस्ति ढावमा एकै घरका ५ जना परिवार दादुराको बिरामी भएका छन् ।
बिरामी हुनेहरुमा बंगलाचुली गाउँपालिका वडा नं. ८ निवासी २८ वर्षीया छवीलाल बुढा, वर्ष २६ विर बहादुर बुढा, वर्ष २६ लेखनाथ बुढा,२४ वर्षकी मनिषा वुढा,वर्ष १८ चेतमान बुढा,वर्ष २२ का भगि बुढा ,उहाँकी बहिनी वर्ष १५ की धामिका बुढा, वर्ष ४८ डण्डुराम बुढा दादुरारोगको संक्रमित हुनुभएको बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठामगरले जानकारी दिनभुयो ।
उहाँका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.८ रानीवास निवासी वर्ष ३४ का हिमलाल बाँठा, ,हंसपुर निवासी वर्ष ४८ की मामी गाहालाई दादुराको संक्रमण भएको छ । वडा नम्वर ८ को अन्य स्थानमा पनि दादुरा संक्रमणको उच्च जोखिममा रहेको छ ।
दादुरा रुवेलाबिरुद्धको खोप अभियान संचालन भइरहेको समयमा रोग फैलिएपछि स्वास्थ्यकर्मीको जनशक्ति व्यवस्थापन गर्न समस्या रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो । भिडियो :
दादुरा निकै छिटो सर्वे सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकाहरुलाई धेरै लाग्दछ र यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।
दादुरा रोग लाग्यो भने निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्यु समेत हुन सक्छ ।