२०८२ बैशाख १० गते बुधवार

भाउ नपाएपछि बन्दागोभी गोरु र बाख्रालाई खुवाउन बाध्य !

दाङ, २४ जेठ ।
बजार भाउ नपाएपछि किसानले बन्दागोपी गाईवस्तुलाई दिन थालेका छन् । बिक्न छोडेपछि किसानले बन्दागोभी बारीमा बाख्रा र गोरु चराउन थालेका हुन् ।

बन्दागोभी नबिकेपछि बारीमा बाख्रा र गोरु चराएको तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुरका किसान राजेश डाँगीले बताउनुभयो । बजारमा बन्दागोपीको भाउ अहिले प्रतिकेजी पाँच रुपैँया रहेको छ । माग भन्दा बढी बन्दा उत्पादन भएकाले बजार भाउ नपाएको व्यवसायी माधव घिमिरेले बताउनुभयो ।

तर भारतबाट बन्दागोभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस