२०८० फाल्गुन २२ गते मङ्गलवार

तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

तुलसीपुर, १६ जेठ । तुलसीपुरमा स्कुटर दुर्घटनामा परी दुई जना घाइते भएका छन् । दुर्घटनामा परि तुलसीपुर-९ बेलुवा निवासी स्कुटर चालक ४० वर्षीया राधा बस्याल ढकाल र ४६ वर्षीया सीता शर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

सितालाई सामान्य चोट लागेको छ भने ढकाललाई दाहिने हातमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । ढकाललाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज हुँदै काठमाडौं रेफर गरिएको छ ।

मंगलबार बिहान ६ बजेको समयमा बेलुवाबाट कटकुईया योगा गर्न जाने क्रममा रा २ प ७९५८ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस