तुलसीपुर १३ जेठ । सामाजिक विभेद अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । समाजमा हुने विभिन्न खाले विभेदलाइ अन्त्य गरि सभ्य समाजको निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
साझेदारी विकास मन्च तुलसीपुर दाङले शनिबार तुलसीपुर-४ घोरनेटिमा आयोजना गरेको जातीय छुवाछूत तथा कानुनी सचेतना विषयक एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका छन् ।
त्यस अवसरमा दलित महिला संघ दाङका अध्यक्ष युबा करारा, स्वामिरुख टोल विकास संस्थाका अध्यक्ष सालिकराम केसी लगाएतले समाजमा अझै पनि विभिन्न खाले सामाजिक विभेद हुने गरेको भन्दै नकारात्मक सोचलाई बदल्नु पर्ने बताएका छन् । उनिहरुले विभिन्न खाले बिभेदका कारण सामाजिक मेलमिलाप,सामाजिक एकता,सदभाब कायम हुन नसकेको बताएका छन् ।
संस्थाका अध्यक्ष खेमराज बिश्वकर्माको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
कार्यक्रमको प्रशिक्षकमा अधिकारकर्मि निर्मल नेपाली , संस्थाका अध्यक्ष खेमराज बिश्वकर्मा र युबा करारा रहनु भएको थियो । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको समन्वय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा भएको हो । कार्यक्रमको सहजीकरण सस्थाका गङ्गा विश्वकर्माले गर्नुभएको हो ।