
लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन जेठ १२ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते शुक्रबार दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गर्नुभएको हो ।
प्रदेश सभाले सूचना जारी गर्दै दोस्रो तथा बजेट अधिवेशनका लागि बैठक आह्वान गरिएको जनाएको हो । लुम्बिनीमा दोस्रो प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन वैशाख १९ गते अन्त्य भएको थियो ।
प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार