२०८१ चैत्र ७ गते बिहिवार

दाङमा लुटपाट गर्न वृद्धामाथि कुटपिट

दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना गम्भिर घाइते भएका छन् । घोराही उपमहानगरपालिका-१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि हिजो घरमै गएर एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भिर घाइते हुनु भएको हो ।

गम्भिर घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । एसपी वलीका अनुसार हिजो दिउँसो करिब ४ बजे अन्दाजी २५/३० वर्षको व्यक्तिले घरभित्र गएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको बताउनुभयो ।

ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताउनुभयो । ती व्यक्तिको खोजी कार्य भइरहेको छ । घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएको बुझिएको छ । हिजो दिउँसो उहाँ घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो ।

उहाले कणर्ाली प्रदेश प्रहरीबाट समेत कुकुर ल्याएर घटनाको अुनसन्धान गरिएको जानकारी दिनुभयो । प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताउनुभयो ॥

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस