रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच दिनको बच्चासहित ४ जनाको मृत्यु भएको छ।
घटनास्थलबाट सानिभेरी गाउँपालिका -६ का डिलबहादुर केसीले दिएको जानकारी अनुसार दुर्घटनामा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।
चार जनाको मृत्यु भएको खबर आएको र उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
जिपमा १४ जना सवार रहेको उहाँले बताउनुभयो ।
घाइतेलाई थप उपचारका लागि हेलिकप्टर लैजाने तयारी भइरहेको भट्टराईले बताउनुभयाे ।