दाङसहित देशका अधिकांश ठाउँमा आज बिहान वर्षा भएको छ । गर्मी बढ्दै गएको समयमा वर्षा भएपछि शितलताको महशुस गरिएको छ ।
आज दिउँसो पनि देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती पनि केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको छ । मौसमविद्का अनुसार पर्सिसम्म नै देशभरी कै मौसम पूणर् रुपमा खुल्ने सम्भावना कम छ । केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षा हुने र कोशी, मधेश र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
मौसमविद्का अनुसार पर्सिसम्म नै देशभरी कै मौसम पूणर् रुपमा खुल्ने सम्भावना कम छ । केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।