
रोल्पामा ट्याक्टर दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परी रोल्पा नगरपालिका वडा ४ बस्ने ट्याक्टर चालक ४१ वर्षका बुद्धे कामी घाइते भएको प्रहरीले जनाएको छ ।
रोल्पा नगरपालिका वडा नम्बर २ स्थित पिपल चौतरा नजिक रा १ त ११७६ ट्याक्टर दुर्घटनामा परेको छ ।
रोल्पा नगरपालिकाको नयाँ भवन निमाणर्का लागि गिट्टि बोकेर लैजाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । घाइतेलाई उपचारको लागि रेउघा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार