
रोल्पा – रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर १ को सइ खोलामा पुल निर्माण भएको छ ।
वर्षौँदेखि वडा कार्यालय जोड्ने सडक बाटो बिचमा पर्ने खोलामा पुल नहुँदा वर्षातको समयमा समस्या हुदै आएको थियो । उक्त बाटोमा पुल नहुदा स्थानीयहरुले लामो समय देखि यात्रा गर्नू पर्ने बाध्यता रहेको थियो ।
वडा नम्बर १ का स्थानीय लापल लगाएत आसपासका नागरिकलाई वडा कार्यालय सम्म पुग्न समस्या हुने गरेकोमा पुल बनेपछि भने सहज भएको छ । त्यसैगरी रोल्पा नगरपालिका ५ का स्थानीय समेत दाङ जाने छोटो बाटो भएको हुनाले वर्षातमा समस्या हुने गरेको थियो ।
त्यही समस्यालाई मध्यनजर गरेर रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र वडा नम्बर १ का अध्यक्ष थम बहादुर घर्तीको पहलमा पुल निर्माण भएको हो । रुन्टीगढी गाउँपालिका होलेरी रोल्पा र वडा नं १ लिवाङ्गी आँप र सडक पूर्वाधार बिकास कार्यालय रोल्पा समन्वयमा पुल निर्माण गरिएको हो ।

लिवाङ सल्लीबोट उघा धौलाबाङ सडक आयोजनाको सइ खोलामा पुल निर्माण भएको हो । २०७९ माघ १२ गते निर्माण कार्य सम्झौता भएको काम २०८० बैसाख ३० गते सम्पन्न भएको हो ।
कुल ३८ लाख २३ हजार ७० रुपैया २१ पैसामा सम्झौता भएको पुल निर्माण कार्य सम्पन्न भएको ओम गमाल कन्स्ट्रक्सन कम्पनी सुनिल स्मृतिले ठेक्का लिएको थियो । पुल निर्माण कार्य भइसकेपछि पुलबाटै आवत जावत सुचारु भइसकेको छ ।