२०८१ चैत्र ८ गते शुक्रवार

निवृत्तहरुको सिप राज्यले उपेक्षा गरेको गुनासो

तुलसीपुर– नेपाल निबृत्त राष्ट्रसेबक समाज शाखा तुलसीपुर दाङको १३ औँ वार्षिक साधारणसभा गरेको छ । समाजका अध्यक्ष निमकान्त ढकालको अध्यक्षतामा साधारण सभा गरिएको हो ।

नेपाल निबृत्त राष्ट्रसेबक समाजका केन्द्रीय अध्यक्ष चतुरमान डाड्गी , समाजका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद गौतम, केन्द्रीय सचिब हर्ष बहादुर डाँगी , समाजका केन्द्रीय सदस्य शेषमणी रिजाल , बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी , दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्ली राज श्रीधर, रेफिकोलका अध्यक्ष इन्द्र बहादुर बुढाथोकी , समाजका आजिबन सदस्य बामदेब भुषाल लगाएतकाले निवृत्तहरुको सीप र अनुभवलाई राज्यले उपेक्षा गरेकोमा दुख व्यक्त गर्नुभयो । वक्ताहरुले राज्यले निवृत्तहरुको ज्ञान सीप अनुभव प्रयोग गर्नुपर्ने कुरामा उनीहरुले जोड दिएका छन् ।

कार्यक्रममा कोषाध्यक्ष गगन कुमार गौतम ले आर्थिक प्रतिबेदन र सचिव जगत कुमार वलीले साङ्गठनिक प्रतिबेदन पेस गरेकोमा दुबै प्रतिबेदन पास गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजमा महत्त्वपूणर् भुमिका पुर्‍याउनु भएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । समाजका उपाध्यक्ष धुर्ब गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार इश्वरी प्रसाद गैरेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस