२०८० फाल्गुन १५ गते मङ्गलवार

दाङसहित देशभरका अधिकांश ठाउँमा गर्मी बढ्दै

दाङ–दाङसहित देशभरको मौसम आज सामान्यता सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो केहि प्रदेशमा आंशिक बदली रहने जनाएको छ ।

मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले पश्चिमी वायु निष्क्रिय रहेका कारण तत्काल पानी पर्ने सम्भावना छैन् । पानी नपर्दा तापक्रम क्रमश ः बढ्दै गइरहेको छ । दाङको अधिकतम तापक्रम ३७ डिग्रि सेल्सीयससम्म पुगेको छ ।

केहि दिनअघि पानी परेपछि शितलता महशुस भएपनि पछिल्लो समय फेरि तापक्रम बढ्न थालेको छ । दाङमा बिहिबार अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सीयस रहेको थियो भने बुधबार ३३ दशमलव ८ डिग्री सेल्सीयस रहेको थियो । आजको अधिकतम तापक्रम बढ्ने अनुमान गरिएको छ ।

भैरहवा, नेपालगञ्ज, सिमरा लगायतका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस