२०८२ जेष्ठ ८ गते बिहिवार

लुम्बिनीमा मन्त्रिमण्डल विस्तारमा सकस

दाङ, २५ बैशाख । लुम्बिनी प्रदेशमा सरकार बनेको दुई साता बित्नै लाग्दा मन्त्री परिषद विस्तारमा सकस देखिएको छ । सत्तारुढ दलहरुबीच मन्त्रीहरुको भागबन्डामा सकस भएको हो ।

धेरै सांसदहरु मन्त्री बन्नका लागी आकाङ्क्षी देखिएपछि मन्त्रिमण्डल विस्तारमा सकस भएको हो । सत्ता साझेदार मुख्य दल कांग्रेस र माओवादी केन्द्रभित्र पार्टीलाई मिलाएर भागबण्डा गर्नुपर्ने भएकाले समस्या भएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको पुर्व तयारी र गृहकार्य गर्ने बेला मन्त्रालय भागबण्डामा सरकार अल्झिरहेको देख्दा जनस्तरमा समेत आलोचना हुन थालेको छ ।

प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेश सभाका १० दल मध्ये ८ दलका ५२ र एक स्वतन्त्र सांसदको समर्थनमा बैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री वाहेक कांग्रेसका २६ जना सांसद नै मन्त्रीको आकांक्षी रहेकाले सरकार बनेको दुई साता बितिसक्दासम्म मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस