२०८० फाल्गुन १५ गते मङ्गलवार

सल्यान र रुकुम पश्चिम घर बताउने दुई सडक आश्रित मानवको उद्धार

तुलसीपुर, २४ बैशाख । तुलसीपुरबाट दुई सडक आश्रित मानवको उद्धार गरिएको छ । शनिबार राती तुलसीपुरको बसपार्कबाट एक महिला र एक पुरुष गरी दुई सडक मानवको उद्धार गरिएको हो ।

मानव सेवा आश्रम तुलसीपुरको पहलमा प्रहरी, अधिकारकर्मी , पत्रकार लगायतको टोलीले दुई सडक आश्रित मानवको उद्धार गरिएको हो । सल्यान ढोरचौर घर बताउने अन्दाजी ४५ वर्षीय छवि बोहोरा र रुकुम पश्चिम मुसिकोट १२ घर बताउने रत्न बहादुर पुन मगरलाई तुलसीपुर बसपार्कबाट उद्धार गरिएको हो ।

बसर्पाकको पिपलबोटमा बास बसेको अवस्थामा भेटिनुभएकी ४५ वर्षिय बोहरले छोरा कमल वोहोरा, श्रीमान गौरी बोहरा बताउनुभएको छ । मानव सेवा आश्रम तुलसीपुरको नेतृत्वमा सडक पेटीमा रात बिताउनेहरुको हरेक समयमा उद्धार गर्ने गरिएपनि शनिबार विषेश उद्धार अभियान संचालन हुने गरेको आश्रमका तुलसीपुर प्रमुख हिरु जोशीले बताउनुभयो ।

उहाँले विभिन्न कारणले सडकमा आएका मानवको उद्धारका लागि कुनै पनि बेला जानकारी गराउन सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस